निर्वाचनलाई प्रभावित बनाउने कार्यक्रममा सहभागी नहुनू : निर्वाचन आयोग
निर्वाचन आयोग नेपालले जिल्ला समन्वय समितिको निर्वाचनलाई प्रभावित बनाउने कार्यक्रममा सहभागी नहुन स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अनुरोध गरेको छ । सो निर्वाचन सम्पन्न नभएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न पनि जनप्रतिनिधिलाई आग्रह गरिएको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै जनप्रतिनिधिहरूलाई निर्वाचनलाई प्रभाव पार्ने गरी प्रशिक्षण, गोष्ठी आयोजना नगर्न र नगराउन सरकार, प्रदेश सरकार, राजनीतिक दललगायत सरोकारवालालाई आग्रह गरेको हो । जिल्ला समन्वय समितिको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । हाल निर्वाचन सुरु भइसकेपछि कानुनमा उल्लिखित समय अवधिभित्र सम्पन्न गरिसक्नुपर्ने र बीचमा रोक्न नमिल्ने भएकाले निर्वाचन सम्पन्न नहुँदासम्मका लागि यस्ता कार्यक्रम नगर्न भनिएको हो ।
गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि गाउँ कार्यपालिका तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशका, २०७८ को दफल (४) बमोजिम गाउँ कार्यपालिका सदस्य र नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ । सो पश्चात् हुने जिल्ला समन्वय समितिको निर्वाचन निर्देशिका, २०७८ को दफा (५) बमोजिमको अवधिभित्र निर्वाचन गर्न सबै मुख्य निर्वाचन अधिकृतहरूलाई निर्देशन गरिसकिएको आयोगले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्