Techie IT
सोमबार, वैशाख २२,२०८२

 जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमालेको प्यानलै विजयी


कास्की । जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमालेको प्यानलै विजयी भएको ।

प्रमुखमा लीलाधर पौडेल नेपाली काँग्रेसका दीपेन्द्र ढकाललाई पराजित गरी विजयी भएका हुन् । पौडेल पोखरा २२ का निर्वाचित वडा सदस्य हुन् भने ढकाल मादी गाउँपालिका–१२ का निर्वाचित सदस्य हुन् ।

उप प्रमुखमा माओवादीकी उषा थापालाई पराजित गर्दै एमालेकी सरिता कुमाल विजयी भएकी छिन् । थापा रुपा गाउँपालिकाकी कार्यपालिका सदस्य हुन् ।

सदस्यमा पोखरा २१ का सीतादेवी विक, रुपाका हर्क बहादुर गुरुङ, मादीका राजु अधिकारी, अन्नपूर्णका गणेश बहादुर घर्ती र बालिका सुवेदी, माछापुच्छ्रेका लक्ष्मी दमै, सुकमाया नेपाली चुनिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #जिल्ला समन्वय समिति कास्की, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545