ब्राजिलमा वर्षा र बाढी रोकिएन, १२६ को मृत्यु ९ हजारभन्दा बढी विस्थापित
रियो डि जेनेरिया। ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर रहेको बताइएको छ । अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार ब्राजिलको विशेष गरी उत्तरपूर्वी पर्नाम्बुको राज्यमा वर्षाको प्रभाव बढी परेको छ । गत सातादेखि परेको भीषण वर्षाका कारण यहाँ मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन् ।
यहाँका कम्तिमा पनि ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरमा क्षति पु¥याएको छ । यहाँका सयौँ घर भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ ।
पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो पटक भएको अधिकारीहरुले जनाएका छन् । यसअघि सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा परेर १७५ जनाले ज्यान गुमाएका थिए ।
पर्नाम्बुका २० भन्दा बढी नगरपालिकाले आपतकालीन अवस्था घोषणा गरेका छन् भने संघीय सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका निम्ति लगभग २०० मिलियन अमेरिकी डलर छुट्याउने घोषणा गरेको छ ।सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्