Techie IT
शनिबार, असार २१,२०८२

विमान दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको अन्त्येष्टि


काठमाडौँ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयर दुर्घटनामा ज्यान गुमाएका धनुषाका एकै परिवारका सात जनाको अन्तिम संस्कार गरिएको छ ।

दुर्घटनामा धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो ।

शवको पोस्टमार्टम सकिएपछि बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो ।

शव परिवारले जिम्मा लिएसँगै स्वयम्भूमा अन्त्योष्टि गरिएको हो । अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए ।

पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम खनालले अन्तिम विदाइ गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #तारा एयर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:11 am7:04 pm +0545