तामाकोसी किनारमा शव फेला
दोलखा । दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।
तामाकोसी गाउँपालिका–५ किर्नेटार स्थित तामाकोसी नदिकिनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए ।
तामाकोसी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगी प्रहरीले अनुसन्धान गरी शव चरिकोटस्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा ल्याएर राखेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
फेला परेको शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शव पूरै सडेको अवस्थामा फेला परेको र व्यक्तिको पहिचान भई नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले कोही व्यक्ति हराएको भए प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ । –रासस
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #दोलखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्