विश्व वातावरण दिवस को अवसरमा टोखा ७ मा सरसफाइ तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौं । विश्व वातावरण दिवस ५ जुन २०२२ को अवसरमा आयोजित चौथो दिनको सरसफाइ तथा सचेतना कार्यक्रम टोखा नगरपालिका वडा नं ७ मा सम्पन्न भएको छ ।
कार्यक्रमा टोखा नगरपालिकाको मेयर प्रकाश अधिकारी, उप–मेयर मुरारी तामाङ, वडा नं ७ का अध्यक्ष नरोत्तम राना तथा वडा नं ७ का वडा सदस्यहरुको उपस्थीति रहेको थियो । साथै स्थानीय वासि, स्कुल, कलेज, संघसंस्था, महिला समूह, क्लब लगायत नगरवासीहरुको उल्लेख्य र सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमा आफ्नो धारण राख्दै नगर प्रमुख, प्रकाश अधिकारी ले टोखा नगरपालिकाको जनप्रतिनिधिले महिना मा २ पटक आफ्नो टोल सरसफाइ अनिर्वाय रुपमा गनुपर्ने बताए ।
त्यस्तै उप प्रमुख मुरारी तामाङ ले आफ्नै घर बाट सरसफाइ को शुरुवात गरेमा मात्र टोल र सम्पूर्ण नगर सफा हुने धारण व्यक्त गरे ।
वडा अध्यक्ष नरोत्तम रानाले सरसफाइ र वातावरण संरक्षणमा नगरवासीहरुको भुमिका जिम्मेवार रहेको धारणा राखे।
कार्यक्रममा डस्टबिन वितरण गर्दै वडा वासीहरुबाट दैनिक निस्कने फोहोरलाई स्रोतबाटै कुहिने र नकुहिने दुई भागमा छुट्याई व्यवस्थापन गरिने कार्यक्रमको शुरुवात समेत भएको थियो । उक्त कार्यक्रम टोखा ७ दाहाल गौडामा सम्पन्न भएको हो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #प्रकाश अधिकारी, #मुरारी तामाङ, #विश्व वातावरण दिवस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्