Techie IT
सोमबार, वैशाख २२,२०८२

डिभोर्स गरेर छुट्टिनु अघि छोरीछोरी लिएर मुस्ताङ घुम्न आएका थिए, सँधैलाई अस्ताए


काठमाडौँ । भारतबाट नेपाल घुम्न आएको एक परिवार तारा एअरको विमान दुर्घटनाको भयावह र दुःखद शिकार बन्न पुगेको छ ।

महाराष्ट्रका अशोक त्रिपाठी सम्बन्ध विच्छेदपछि अन्तिमपटक श्रीमतीसहित छोराछोरीसँग नेपाल घुम्न आएका थिए ।

नेपालस्थित भारतीय दूतावासले जनाएअनुसार ५४ वर्षीय अशोकसँगै उनकी श्रीमती ५१ वर्षकी वैभवी बाँडेकर–त्रिपाठी, छोरा २२ वर्षका धनुष त्रिपाठी र छोरी १८ वर्षिया ऋतिक त्रिपाठी पोखराबाट जोमसोम उडेका थिए ।

केही दिन नेपाल घुमेर फर्किने योजनामा रहेको यो परिवार मुस्ताङको भीरमा सँधैको लागि अस्ताएको छ ।

अलग्गै बस्दै आएका उनीहरुको सम्बन्धविच्छेद हुन लागेको र मुद्दा अदालतमा विचाराधीन रहेको बताइएको छ। अदालतले फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन एक साथ बिताउन भनेको थियो । यसै क्रममा चारैजना घुमघामका लागि नेपाल आएका थिए ।

छोराछोरी वैभवीसँग बस्थे भने अशोक एक्लै । उनका काकाले पनि नेपाल आउन चाहेको बताइएको छ । तर उनले अन्तिम समयमा योजना परिवर्तन गरेका थिए ।

विमान दुर्घटनाका बारेमा जानकारी पाएपछि वैभवीका छिमेकीहरुले यो अत्यन्तै दुःखद र भावुक भएको बताएका भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

वैभवी मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्सस्थित एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्थिन् । छोरा धनुष इन्जिनियरिङमा उत्तीर्ण छन् भने छोरी ऋतिका स्कुलमा पढाइ गरिरहेकी थिइन् । अशोकको ओडिशामा एचआर कन्सल्टेन्सी फर्म छ । परिवारका बाँकी सदस्य पुणेमा बस्छन् ।

उनीहरु मे २६ मा नेपाल आएका थिए ।

आइतबार विहान ९ः५५ मा जोमसोमका लागि पोखराबाट उडेको तारा एअरको ९एन एइटी ट्वनीअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको थियो । जसमा चालक दलका ३ जनासहित ६ विदेशी गरी २२ जना सवार थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #तारा एअर, #विमान दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545