ज्यान मार्ने मुद्दामा फरार वडा सदस्य पक्राउ
जनकपुर। ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको आरोपमा धनुषा प्रहरीले एक जना वडा सदस्यलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको जनाउँदै प्रहरीले धनुषाको शहीदनगर नगरपालिका–९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई पक्राउ गरेको हो ।
कार्यपालिका सदस्य छनोट गर्नका लागि मतदान गर्न आएको बेला नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यमा निर्वाचित बिराजीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
पक्राउ परेका बिराजीमाथि थप अनुसन्धान भइरहेको प्रनाउ क्षेत्रीले बताउनुभयो । बिराजीलाई आजै जिल्ला अदालतमा पेश गरिने छ ।–रासस
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ, #राजेश बिराजी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्