तारा एयरको जहाज दुर्घटनामा परि गोरखाका श्रेष्ठ परिवारका चारजनाको मृत्यु

काठमाडौं। तारा एयरको विमान दुर्घटना हुँदा गोरखाका एकै परिवारका चार जनाको मृत्यु भएको छ।
आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा सवार गोरखाका गणेशनारायण श्रेष्ठसहित उनको परिवारका चार सदस्यको मृत्यु भएको हो।
जहाजमा गोरखा सहिदलखन गाउँपालिका–५ का गणेशनारायण श्रेष्ठ दम्पतीसहित उनीहरुका दुई छोरी रहेको पुष्टि भएको छ।
५२ वर्षका श्रेष्ठसँगै, उनकी श्रीमती ४८ वर्षकी रश्मी श्रेष्ठ, छोरीहरु २० वर्षकी रविना श्रेष्ठ र २३ वर्षकी रोजिना श्रेष्ठको मृत्यु भएको हो।
अध्ययनको शिलशिलामा अमेरिका गएका छोरीहरु नेपाल आएका बेला सपरिवार मुक्तिनाथ भ्रमणमा निस्केका थिए। मुक्तिनाथ दर्शनका लागि उनीहरु पोखराबाट जोमसोमका लागि उडेका थिए।
जहाज चढ्नुअघि उनीहरुले अमेरिकामा रहेका छोरासित सम्पर्क गरेका थिए। सोही आधारमा श्रेष्ठ परिवार उक्त जहाजमा रहेको पुष्टि भएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापाले बताए।
जहाज बेपत्ता भएपछि गाउँपालिकाका अध्यक्ष थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडाअध्यक्ष यमबहादुर राना, श्रेष्ठका आफन्त केशर श्रेष्ठ र स्थानीय विजय पुडासैनीको टोली पोखरा पुगेको थिए।
आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको जहाज सोमबार बिहान मात्र दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #तारा एयर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्