Techie IT
बिहीबार, जेठ २,२०८२

सम्पर्कविहीन जहाजको खोजी भइरहेको छ: तारा एयर


 काठमाडौं । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरले जनाएको छ ।

तारा एयरले प्रेस विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्यान्डबाइ राखिएको जनाएको छ । मोसममा सुधार आउन साथ हवाईमार्गबाट खोजी कार्य पुनः सुरु गर्ने तारा एयरले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी कम्पनीले दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तारा एयर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:12 am6:47 pm +0545