Techie IT
बिहीबार, असार १९,२०८२

हराएको तारा एयरको जहाज मुस्ताङको लार्जुङ खोच मोबाइलको लोकेशन देखायो


 

काठमान्डौ । पोखराबाट जोमसोम उडेको तारा एअरको नाइन एन-एइटी सम्पर्कविहीन जहाजको पाइलटको मोबाइलमा घण्टी गइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए। मौसमका कारण दुर्घटना स्थलमा जान नसकिएको वायु सेवा सञ्चालक संघले जनाएको छ ।

संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको बताएका छन् ।

‘लेतेबाट सम्पर्कविहीन भएको जहाज लार्जुङको बायाँपट्टि खोचमा भेटिएको छ तर, दुर्घटना स्थलमा जान सकिएको छैन’ कँडेलले भने ।

विमान दुर्घटना भएको स्थानमा पुग्न हेलिकप्टर परिचालन गरिएको छ । तर अवतरण गर्न सकिएको छैन । दुर्घटजा क्षेत्र मुस्ताङको थासाङ गाउँपालिकामा पर्छ ।

तारा एयरको विमान आज बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको थियो । विमनमा चालक दलका ३ सदस्यसहित १९ यात्रु छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारा एयर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:11 am7:04 pm +0545