गणतन्त्र दिवसमा ओलीको शुभकामना: जनआकांक्षा पुरा गर्ने संकल्प बोकेको पार्टी एमाले
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतान्त्रिक,परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी भएको बताउनुभएको छ ।
गणतन्त्र दिवशका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासले केही समय अवरोध पु¥याए पनि थाती रहेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाइमा पु¥याउन सबै तह र तप्कासँग एमाले सधैं सँगै रहने ओलीको सन्देशमा उल्लेख छ ।
‘जननिर्वाचित संविधानसभाले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा आाधारित राजतन्त्रलाई अन्त्य गरेर जनताको सर्वाच्चताको प्रणालीमा रुपान्तरण गरेको थियो ’अध्यक्ष ओलीको सन्देशमा भनिएको छ ‘ यस दिनले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ताको स्रोत नेपाली जनतामा निहित हुने ऐतिहासिक उपलब्धी हासिल गरेको थियो ।’ यसै परितवर्नत पछि नेपालले संघ,प्रदेश र स्थानीय तहको अभ्यास गरिरहेको अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्