टोखामा नगरकार्यपालिका सदस्यको निर्वाचन
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो । टोखा नगरपालिकाका निर्वाचन अधिकृत सविता शर्माले पाँच महिला र तीन दलित तथा अल्पसङ्ख्यक सदस्य गरी आठ सदस्यको निर्वाचन सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार पाँच महिला सदस्यमा नेकपा एमालेका उम्मेदवार सुनिता श्रेष्ठ परियार नेपाली, सायरा परियार, जगतमाया प्रजापति महर्जन, लिलादेवी अधिकारी र शान्ता राई रहनुभएको छ ।
यस्तै, दलित तथा अल्पसङ्ख्यक सदस्यमा एमालेकै बच्चुराज बस्याल, सरिता घले र प्रेमकुमार सुनुवार निर्वाचित हुनुभएको निर्वाचन अधिकृत शर्माले बताउनुभयो । नवनिर्वाचित कार्यपालिका सदस्यलाई शुक्रबारै प्रमाणपत्र वितरण गरिएको छ । अन्तिम मतपरिणाम आएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका–२०७८ मा व्यवस्था रहेको छ ।
वैशाख ३० गते सम्पन्न निर्वाचनमा टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी हुनुभएको थियो । यस्तै, टोखाको अधिकांश वडामा पनि नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । टोखा नगरपालिकामा ११ वडा रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्