नीति तथा कार्यक्रममाथिको छलफल आज तेस्रो दिन पनि जारी

काठमाडौं । सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज तेस्रो दिन पनि जारी रहेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता विष्णु पौडेलले विकास आयोजनाहरूमा सरकारको नीति तथा कार्यक्रम पूर्वाग्रही भएको टिप्पणी गर्नुभयो ।
बैठकमा सत्तापक्षका सांसद एवं नेपाली कांगेसका नेता गगनकुमार थापाले कृषिमा उत्पादकत्व बढ्ने गरी सरकारले ल्याएको कार्यक्रम सकारात्मक रहेको र सोही अनुसारको बजेट विनियोजन गरिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र र राजनीतिमा देखा परेका समस्याहरू समाधान गर्न पुनः एकपटक राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो ।
स्थानीय तहको निर्वाचनमा उत्साहका साथ मतदान गर्ने मतदातालाई धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले यो संविधान मिच्न चाहनेहरूलाई निर्वाचनले बलियो सन्देश दिएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा बैठक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्