दोलखाका पूर्वसभापति भण्डारीको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त
दोलखा । नेपाली कांग्रेस दोलखाका पूर्वसभापति एवम् ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य ७५ वर्षीय माधवमणि राजभण्डारीको निधन भएको छ ।
काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत उनको हिजो बिहीबार निधन भएको हो ।
स्वर्गीय राजभण्डारी पार्टीको १०औं महाधिवेशन—२०५७ मा दोलखाको सभापति थिए । लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका राजभण्डारी २०५१ को मध्यावधि निर्वाचनमा पार्टीको तर्फबाट दोलखा जिल्ला निर्वाचन क्षेत्र नं. २ को उम्मेदवार बनेका थिए ।
लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक हिरासत समेत व्यहोरेका राजभण्डारीको निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको कांग्रेसले जनाएको छ । उनको निधनप्रति नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
‘नेपाली कांग्रेस दोलखाका पूर्व सभापति, ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवम् मेरा मित्र माधवमणि राजभण्डारीको निधनको खबरले मलाई अत्यन्त दुःखीत र स्तब्ध बनाएको छ,’ सभापति देउवाको तर्फबाट पार्टी कार्यालयले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस दोलखा, #माधवमणि राजभण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्