Techie IT
सोमबार, वैशाख २२,२०८२

स्वतन्त्र उम्मेदवार बालेन साहको विजय र्‍याली सुरु


काठमाडौं । काठमाडौंको मेयर जितेका स्वतन्त्र उम्मेदवार बालेन साहको विजय र्‍याली सुरु भएको छ । मतगणनास्थल सभागृहबाट र्‍याली सुरु भएको हो ।

र्‍यालीमा हज्जारौं बालेनका समर्थकको सहभागिता छ । राष्ट्रिय सभागृहबाट सुरु भएको र्याली भद्रकाली, शहीदगेट, हुँदै त्रिपुरेश्वर र कलंकीसम्म पुग्नेछ । त्यहाँबाट फेरि स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबाहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गरिने छ ।

यालीमा सहभागीको संख्या ठूलो हुन सक्ने भएकाले काठमाडौंको सवारी आवागमन प्रभावित बन्ने देखिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालेन साह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545