गोकर्णेश्वरको कार्यपालिका निर्वाचन शुक्रबार
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिए । निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) ले उम्मेदवारी दर्ता गराएको छ ।
कार्यपालिकामा महिला सदस्य पाँच र दलित तथा अल्पसङ्ख्यक तीन पदका लागि निर्वाचन गर्न लागिएको हो । कार्यपालिका निर्वाचनका लागि ४७ जना मतदाता छन् । कार्यपालिका निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य मतदाता रहने व्यवस्था छ ।
महिला सदस्य निर्वाचित नगरसभा सदस्यबाट उम्मेदवारी दिने व्यवस्था छ । दलित तथा अल्पसङ्ख्यकको उम्मेदवारी भने नगरसभा सदस्य बाहिरका नगर क्षेत्रका मतदाताबाट दिनुपर्छ । नगर कार्यपालिकामा नगर प्रमुख र उपप्रमुख, नौवटै वडाका अध्यक्ष रहने व्यवस्था छ ।
गोकर्णेश्वर नगर प्रमुख काँग्रेस र उपप्रमुख एमालेले जितेको छ । पाँच वडाध्यक्ष एमाले, तीन वडाध्यक्ष काँग्रेस र एक वडाध्यक्ष स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् । गोकर्णेश्वरका निर्वाचित जनप्रतिनिधिले शपथ लिएर कार्यभार सम्हालिसकेका छन् ।-रासस
क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्