उत्पादन हुने क्षेत्रमा खर्च गर्दै व्यापारघाटा कम गर्ने बजेट ल्याइयोस् : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले देशमा देखिएका समस्या समाधान गर्ने बजेट ल्याउनुपर्ने बताएका छन्।
खासगरी देशमा बढ्दो व्यापारघाटालाई ध्यान दिँदै उत्पादनमूलक क्षेत्रमा खर्च बढाउने र आयात घटाउने गरी बजेट निर्माण गर्न सुझाव दिएका हुन्।
‘वर्षौँदेखि नेपालको निर्यात व्यापार निरन्तर कमजोर बनेकै कारण मुलुकको शोधनान्तर स्थिति प्रतिकूल बनेको छ’, उनले भनेका छन्, ‘१६ खर्बको हाम्रो बजेटमा जम्मा सात महिनाको व्यापार घाटा नै सवा ११ खर्ब पुगेको थियो। अहिले नेपालको अर्थतन्त्र धराशायी बन्ने चिन्ता छ।’ उनका अनुसार नेपालले आयात प्रतिस्थापन, विलासिताका वस्तुहरूको आयातमा कडाइ, पेट्रोलियम पदार्थको कम उपयोग, आत्मनिर्भर कृषि र निर्यातमूलक वस्तुहरूको उत्पादनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।
यस्ता विषयलाई बजेटले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘हामीले एकातिर पर्याप्त पुँजीगत खर्च गर्न सकिरहेका छैनौँ। अनि हाम्रो आयात खर्च भने आकाशिँदो छ।’
अहिलेको विषम् परिस्थितिलाई मध्यनजर गर्दै उनले साउन १ गतेबाट नै कार्यान्वयन गर्न सकिने खालका परियोजनामा जोड दिनुपर्नेमा जोड दिएका छन्। ‘ता कि उत्पादनशील क्षेत्रमा तत्कालै पुँजीगत लगानी होस्। खर्च बढी गरेर नै भए पनि पूँजी बनाउने र उत्पादन हुने क्षेत्रमा खर्च गर्दै व्यापारघाटा कम गर्न अबको बजेट लक्षित हुनुपर्छ’, उनले भनेका छन्।
क्याटेगोरी : राजनीति
ट्याग : #प्रदीप पौडेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्