भरतपुरमा रेणुको अग्रता कायमै
काठमाडौँ। भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले मतान्तरलाई फराकिलो बनाउँदै लगेकी छिन् । दाहालले आफ्नो प्रतिस्पर्धीसँग ३ हजार २ सय ५८ मतले अग्रता लिएकी छिन् ।
४२ हजार ७५० गणना हुँदा दाहालले १६ हजार २३५ मत प्रात गरेकी छिन् भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ९७७ मत प्राप्त गरेर रेणुलाई पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ६ सय ८७ मत प्राप्त गरेका छन् ।
महानगरको उपप्रमुखमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १८ हजार ७७६ मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातान्त्रिक पार्टीकि हिमला गुरुङले १० हजार ४१९ मत प्राप्त गरेकी छिन् ।
क्याटेगोरी : समाचार
ट्याग : #भरतपुर, #रेणु दाहाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्