पृथ्वीसुब्बा गुरुङको पालिकामा एमालेको प्यानल नै विजयी
लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहपालिका क्व्होलासोंथर गाउँपालिकामा एमालेको प्यानलै विजयी भएको छ । गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा एमालेका उपमहासचिव समेत रहेका गुरुङको गाउँपालिकाका जनप्रतिनिधिमा एकजना पनि अन्य दल निर्वाचित भएका छैनन् ।
गाउँपालिका अध्यक्षमा सूर्यप्रसाद गुरुङ निर्वाचित भएका छन् । उनले तीन हजार ८५६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४८९ मत ल्याएका छन् । एक हजार ३ सय ६७ मत अन्तरले सूर्यप्रसाद गुरुङले चुनाव जितेका हुन् ।
मंगोल नेशनल अर्गनाइजेसनका भुवरजङ गुरुङले ५१ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकै गमिमाया गुरुङ तीन हजार ९८९ मतका साथ निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना गुरुङले दुई हजार ३४० मत ल्याएकी छन् ।
एक हजार ६४९ मतान्तरले गमिमायाले चुनाव जितेकी हुन् । ९ वटा वडा रहेको क्व्होलासोंथर गाउँपालिकामा कुनै पनि वडामा अरु दलले जितेको छैन । क्व्होलासोंथर गाउँपालिकाको वडा नं. १ को अध्यक्षमा पेमा गुरुङ, २ मा खुसीमान गुरुङ, ३ मा आशविर गुरुङ, ४ मा नारायण गुरुङ, ५ मा गीतबहादुर गुरुङ, ६ मा मनलाल गुरुङ, ७ मा लक्ष्मण गुरुङ, ८ मा सन्तोष घले र ९ मा हुमराज गुरुङ निर्वाचित भएका छन् । ०७४ को स्थानीय निर्वाचनमा वडा नं. २ र ८ नेपाली कांग्रेसले जितेको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #क्व्होलासोंथर गाउँपालिकामा, #पृथ्वीसुब्बा गुरुङ, #लमजुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्