Techie IT
सोमबार, वैशाख २२,२०८२

नुवाकोटको बेलकोटगढी नगरपालिका –११ मा कांग्रेसको प्यानल नै बिजयी


 

 

नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा नेपाली कांग्रेसको वडाअध्यक्ष सहित सम्पूर्ण प्यानल नै बिजयी भएको छ ।

बिहीबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बेलकोटगढी नगरपालिका– ११ को वडाअध्यक्षमा भारि मत ल्याएर नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका प्रकाशजंग पाण्डेको सम्पूर्ण प्यानल नै बिजयी भएको हो । गत ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट यस नगरपालिकाको ११ नं वडा अध्यक्षमा बिजयी भएका पाण्डेले कुल ७१४ मत प्राप्त गरेका थिए ।

उनको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका प्रेमबहादुर तामाङले कुल ४७६ मत प्राप्त गरेका थिए । यसैगरि, वडा अध्यक्षकै अर्का प्रतिस्पर्धी नेकपा एमालेका नवराज तिवारीले जम्मा ४३० मत प्राप्त गरेका थिए ।

यसैगरि, सो वडामा कांग्रेसकै तर्फबाट निर्वाचित भएका वडा सदस्यहरुमा राजुमान लामा, टिकाराम तामाङ, सरिता तिवारी, चंखमाया सुनार सम्पूर्ण प्यानलसहित विजयी भएका हुन ।

यसभन्दा अघिल्लो निर्वाचनमा यस नगरपालिकामा मेयर र वडा अध्यक्ष लगायत अघिकाँश पदमा नेकपा एमालेले जितेको थियो । अहिलेसम्मको मत परिणाम अनुसार एमाले तेस्रो स्थानमा रहेको छ ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #नुवाकोट, #नेपाली कांग्रेस, #प्रकाशजंग पाण्डे, #बेलकोटगढी नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545