कांग्रेस र माओवादीले सेटिङ गरेर केही लाभ लिए : डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस र माओवादीले सेटिङ गर्नुभयो, केही लाभ भयो । तर, उहाँहरुमा पनि वापसमा तल मिलेको देखिएन ।
निर्वाचन निष्पक्ष नभएको तर्फ संकेत गरेका उनले गठबन्धनले निरन्तरता पाउने पर्ने पनि बताए ।
उनले प्रतिनिधिसभा चुनावमा गठबन्धन होस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरे । चुनावमा धाँधली भएको विषयमा प्रश्न गर्दा बाबुरामले भने, ‘नेपालको लोकतन्त्र भर्खर हुर्किँदैछ । बच्चाले अलिकति फोहोर त गरिहाल्छ । त्यसलाई लिएर बच्चा नै खराब भन्न मिल्दैन ।
साथै निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही हुनुपर्ने उनले बताए । गाेरखाकाे पालुङटार नगरपालिकामा एमाले र जसपावीच तालमेल भएपनि जसपाका मेयर पदका उम्मेदवार प्रेमबहादुर गुरूङ ठूलाे मतान्तरले पछि परेका छन् ।
नगर प्रमुख जिताउन कम्मर कसेर लागेका बाबुराम पालुङटारमा जसपा प्रमुख आउने छाँट काँट नदेखेपछि उनको यस्तो भनाई आएको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #गाेरखा, #जनता समाजवादी पार्टी (जसपा), #डा . बाबुराम भट्टराई, #पालुङटार नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्