नेपाल विद्यार्थी सङ्घको महाधिवेशन गर्न पार्टी नेतृत्वसँग आग्रह
नेपाल विद्यार्थी सङ्घले विधानसम्मत १२औँ महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग आग्रह गरेको छ । नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी नेविसङ्घको १२औँ महाधिवेशनको वातावरण बनाउन पार्टीसमक्ष आग्रह गर्नुभएको हो ।
उहाँले आफ्नो सीमित स्वार्थ पूरा गर्न नेताहरुले टिके प्रथा जन्माउने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रहसमेत गर्नुभयो । “टिके प्रथाले आम विद्यार्थी र सङ्गठनको भलो हुँदैन, टीका लगाए हामी आन्दोलनमा जान्छौँ,” उहाँले भन्नुभयो ।
महामन्त्री काफ्लेले नेविसङ्घको केन्द्रीय समितिको बैठकले उमेर हद र विधान संशोधन पार्टी नेतृत्वलाई बुझाए पनि पार्टीको केन्द्रीय समितिले एकलौटी तरिकाले मनपरी निर्णय गरेको आरोप लगाउनुभयो । पार्टीले नेविसङ्घको विधानलाई बन्धक बनाउन खोजेको उहाँको भनाइ थियो । नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्टले पार्टी नेतृत्व नेविसङ्घको महाधिवेशन गर्न नचाएको बताउनुभयो ।
विसं २०७३ साउनमा दुई वर्ष कार्यकाल रहनेगरी ११औँ महाधिवेशन सम्पन्न भएको थियो । नेविसङ्घको कार्यकाल २०७५ भदौ २ गते सकिएको भए पनि निर्वाचन नभएपछि पार्टीको नेविसङ्घ हेर्ने समितिले मङ्सिर २ गतेसम्मका लागि म्याद थप गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल विद्यार्थी सङ्घ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्