पैदलयात्रीलाई ठक्कर दिइ फरार रहेको चालक पक्राउ
यही कात्तिक २२ गते अपराह्न ४ बजे एक पैदलयात्रीलाई ठक्कर दिइ फरार रहेको एक निजी सवारीसाधन र चालकलाई प्रहरीले चार दिनको अनुसन्धानपछि आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ठक्कर दिने बा१४च १९५९ नं गाडी र सोही गाडीका चालक दोलखा कालिञ्चोक गापा वडा नं ४ बस्ने २० वर्षीय सुरोज थापालाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
उक्त सवारी साधनले २२ गते मध्यपुरथिमि नपा–१ लोकन्थलीमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदा रामेछाप खाँडादेवी गापा–७ डाँडाखर्क घर भई हाल काठमाडौँ दक्षिणकाली नपा– १ बस्ने ५९ वर्षीय सोमबहादुर तामाङलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।
ठक्कर दिइ फरार रहेको सवारीसाधन र चालकको नम्बरसमेत पहिचान हुन नसकेको अवस्थामा प्रहरीले गरेको अनुसन्धानका आधारमा चार दिनमा ठक्कर दिने सवारीसाधन र चालकलाई मध्यपुरथिमि– ४ चारदोबाटोबाट पक्राउ गरेको पोखरेलले जानकारी दिनुभयो ।
पक्राउ परेका चालकलाई सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चालक पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्