Techie IT
बिहीबार, मंसीर ४,२०८३

तारकेश्वर साङ्गलामा कति मत खस्यो ? (बिवरण सहित )


काठमाडौं । स्थानीय तह निर्वाचनमा तारकेश्वर नगरपालिका वडा नं १ मा जनताको उत्साहजनक सहभागिता देखिएको छ। बिहान ७ः३० बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सकिएको छ । जसअनुसार बालकुमारी बुथमा १३६२ र कुन्चीप्वाकल बुथमा ७७४ गरि जम्मा २१३६ मत खसेको छ ।

यस वडामा २ वटा मतदान केन्द्र र ३ वटा बुथ थिए । जसमा साङ्गला बालकुमारी मा।वि मतदान केन्द्रको बुथ क मा जम्मा ६६५ र बुथ ख मा ६९७ मत खसेको छ ।

यो मतदान केन्द्रमा जम्मा १७१३ मतदाता रहेका जम्मा १३६२ जनाले मतदान गरेका छन् ।

यसै गरि कुञ्चिप्वाकल मा।वि मतदान केन्द्रमा जम्मा १००५ मतदाता रहेकोमा ३८५ महिला र ३८९ पुरूष मतदाताले सफलतापूर्वक मतदान गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #साङ्गलामा कति मत खस्यो


तपाईको कमेन्ट लेख्नुहोस्