भिमसेनथापा २ मतदान केन्द्रमा प्रहरीकै गोली चलेको पुष्टी
गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ गाविस भबन ताराखसे मतदान केन्द्रमा चलेको गोली प्रहरीकै रहेको पुष्टि भएको छ ।
कांग्रेस र एमाले कार्यकर्ता बिच बिवाद भएपछि भिड नियन्त्रण गर्न हवाई फायर गर्ने तयारी गर्दैगर्दा प्रहरीको हातबाट गोली चलेको एसपी केदार खनालले बताए । भिड नियन्त्रण गर्न एसएलआर बन्दुकमा गोली लोड गरेर उठाउँदै प्रहरीको हातबाट पड्कीएको उनले बताए । ‘हवाई फायर नगरी स्थिती नियन्त्रणमा लिन सक्ने अवस्था थिएन’ उनले भने ‘तर मिस फाएर भयो, बन्दुक छिटो पड्कीयो ।’
उक्त गोली लागेर सोही केन्द्रमा खटिएका सहायक कर्मचारी मनिषा थापा मगर घाईते भएकी छिन् । उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ लैजाने तयारी भएको छ । गोली चलेपछि मतदान साँढे चारबजेदेखि स्थगित भएको थियो । अब कसरी मतदान सुरु गर्ने भन्ने विषयमा सर्वदलीय बैठक बस्दैछ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्