अधुँरा कामलाई पुरा गर्न ३० गते जनताले हामीलाई नै जिताउँछन भन्नेमा ढुक्क छु : मिठाराम अधिकारी
काठमाडौं । कपनका रैथाने मिठाराम अधिकारी यसपटक बूढानीलकण्ठ नगरपालिकाको मेयरका प्रत्यासी छन् । २०५४ सालमा साविक कपन गाविसको अध्यक्ष निर्वाचित भएयता उनी कुनै निर्वाचन लडेका छैनन् ।
अघिल्लो निर्वाचनमा बूढानीलकण्ठमा बहुमत जितेको एमाले यसपटक पनि आफ्नो बर्चश्व कायमै राख्न खोज्दैछ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुईपटक प्रत्यक्ष निर्वाचन जितिसकेको यो क्षेत्र काठमाडौं महानगरपालिकापछि चर्चित चुनावी मैदान पनि हो । यसअघिको नेतृत्वले अगाडि बढाएका राम्रा कामलाई निर्वाचित भएपछि पुरा गर्ने मेयरका उमेदवार मिठाराम अधिकारीले बताए ।
भौतिक पूर्वाधार, बाटो, खानेपानीसँगै शिक्षामा पनि आमूल परिवर्तनको खाँचो छ । म निर्वाचित भएपछि सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि लागिपर्ने वचन पनि दिएको छु । उनले भने ।
बूढानीलकण्ठ नगरपालिकाले अहिले अस्पताल बनाइरहेको छ । संचालनमा चाहिँ आएको छैन । अहिले उपस्वास्थ्य चौकीहरुले काम गरिरहेका छन् । उक्त अस्पताललाई संचालनमा ल्याएर जनतालाई ५० प्रतिशतभन्दा बढी छुटमा उपचार गर्ने सुविधाको व्यवस्थापन गर्नुपर्छ भनेर लागेको छु । फोहरमैला व्यवस्थापनका लागि विज्ञहरुसँग छलफल पनि गरिरहेको छु । अर्को आर्थिक परिवर्तनको मुल मुद्दा छ । आर्थिक परिवर्तन भएन भने देश विकास हुन सक्दैन ।
हाम्रो अहिलेका मेयर उद्धव खरेल र उपमेयर रमा राईले अघि सार्नुभएको विकासका आयोजनालाई पूर्णता दिँदै नयाँ कामहरु अघि बढाउँछौं । हामी यहाँका सबै जनताबीच परिचित अनुहार भएकाले चुनाव जित्छौ भन्नेमा आशावादी छौ, मेयर उमेदवार अधिकारीको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #मिठाराम अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्