तारकेश्वर साङ्गलामा एमाले क्रेज : चुनावको मुखमा ४७ जनालाई केपी ओलीद्धारा पार्टी प्रवेश
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रबाट तारकेश्वर १ साङ्गलामा ४७ जना नेता कार्यकर्ताहरु एमाले प्रबेश गरेका छन ।
एमाले प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सदस्य तथा स्वतन्त्र वडा अध्यक्षका उमेद्धवार बिक्रम श्रेष्ठ , कांग्रेसका कृयाशिल सदस्य प्रदिपमान सिंह कुँवर , रामशरण सापकोटा ,सवीन नेपाल , कुँवेर बुढाथोकी , कपील अधिकारी , रबीन्द्र लवट लगायत ४७ जना रहेका एमाले युवा नेता सुमनराज कार्कीले बताए ।

स्वतन्त्र उमेद्धवार तथा ईन्जिनियर समेत रहेका बिक्रम श्रेष्ठले आफू लामो देखी नेपाली कांग्रेसमा सक्रिय राजनिती गरेको र कांग्रेस भित्र चरम गुट उपगुटले पार्टी कम्जोर बन्दै गएको र अराजक र अवसरवादी प्रबृद्धी कांग्रेस भित्र चरम हावी भएकैकारण अव युवाहरुको भवीष्य नभएको कारण आफू एमाले प्रवेश गरेको बताए ।
एमाले पार्टी सचिव प्रकाश ढकालका अनुसार आज बिहान एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगी पार्टी प्रवेश गरेका हुन भने अध्यक्ष के.पी ओलीले खाँदा लगाएर उहाँहरुलाई स्वागत तथा बधाई ज्ञापन गुर्नुभएको छ ।
साही समारोहमा एमाले अध्यक्ष ओलीले कम्युनिस्ट पार्टीको मूल प्रवाह एमाले भएको भन्दै अब कतै पनि नअल्मिलिई एमालेमा समाहित हुन आग्रह गर्नुभएको छ । आगामी निर्वाचनमा जुनसुकै गठबन्धनका विरुद्ध पनि एमालेले एक्लै विजय हासिल गर्ने उहाँको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्