प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
काठमाडौँ,। प्यूठान जिल्लाको गौमुखी गाउँपालिकामा सत्तागठबन्धनले नैतिक रुपमा पतन भएका व्यक्तिलाई उम्मेदवार बनाएको छ । गठबन्धनले सामाजिक रुपमा बहिष्कार गरिएका नेपाली कांग्रेसका विष्णुकुमार गिरीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । यसअघि सोही गाउँपालिका अध्यक्ष रहेका गिरीलाई फेरि पनि गठबन्धनबाट कांग्रेसले उम्मेदवार बनाएको छ । गाउँपालिका अध्यक्ष हुँदा नै उनी वहुविवाहको केसमा हिरासतमा बसेका थिए ।
अहिले पनि उनै गिरीलाई कांग्रेसले उम्मेदवार बनाएपछि उनको प्रचार हिडन पनि कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तालाई लाज लागेको छ । गाउँपालिका अध्यक्ष हुँदा नै गिरीको अर्की युवतीसंगको अर्धनग्न फोटो सार्वजनिक भएको थियो । फोटोमा दुवै जना अर्धनग्न भएको अवस्थामा रहेका छन् ।
आफ्नो श्रीमती र दुई छोरीलाई बिचल्ली पारेर अहिले उनी बजारमा एउटा कोठा लिएर बसेका छन् । अध्यक्ष विष्णु श्रीमतीसँग अलग्गै बस्न थालेको लगभग १० वर्ष बिते पनि उनीहरुवीच कागजीरुपमा छोडपत्र भएको छैन । कागजीरुपमा छोडपत्र नभएसम्म उनीहरु श्रीमान श्रीमति नै मानिन्छ । “सामाजिक रुपमा वहिष्कार गरिएका गिरीलाई फेरि पनि पार्टीले उम्मेदवार बनाएको छ,” कांग्रेसका एक स्थानीय नेताले भने, “ यस्ता उम्मेदवारको हामीले कसरी प्रचारप्रसारमा हिड्ने ? हामीलाई भोट माग्न नि लाज लागेको छ ।” गौमुखी गाउँपालिका–४ पूजा निवासी अध्यक्ष गिरीका श्रीमती र दुई छोरीहरु छन् । गिरीको बारेमा यसअघि विभिन्न संचारमाध्यममा युवतीसंग अर्धनग्न भएको समाचार प्रकाशित भइरहेको छ ।

सोही तस्विर सहित उनकी श्रीमतिले उजुरी दिएपछि गिरीलाई प्यूठान प्रहरीले पक्राउ गरेको हो । बहुविवाह गरेको भन्दै परस्त्रीसँग खिचिएका अर्धनग्न तस्वीरसहित उजुरी परेपछि प्रहरीले अध्यक्ष गिरी र उनकी प्रेमिका दुबैलाई हिरासतमा लिएको हो । परस्त्रीसँग विष्णुको सम्पर्क बढेको प्रमाण फेला पारेको भन्दै उनकी श्रीमतिले २०७६ भदौ १० गते हुलाकमार्फत् बहुविवाहको उजुरी प्रहरीमा दायर गरेकी थिइन । सोही आधारमा प्रहरीले दुवै जनालाई केही दिन हिरासतमा समेत लिएको थियो ।
गिरीको श्रीमतिले पेश गरेको उजुरीमा विष्णु र ती युवतीका अर्धनग्न तस्वीरहरु र च्याटमा भएका कुराकानी रहेका छन् । च्याटमा उनीहरुले अस्लिन शब्दमा कुराकानी गरेको पाइएको छ । च्याटमा ति युवतीले गाउँपालिका अध्यक्ष विष्णुलाई ‘बुढो आई लभ यु’ र गिरीले पनि ति युवतीलाई ‘आई लभ यु कान्छु,’, ‘तिम्रो बढी माया लाग्छ मलाई’ भन्ने गरेका छन् ।
डिभोर्सको मुद्दा अदालतमा आफ्नी श्रीमतिसंग डिभोर्स नै नगरिकन अहिले पनि ती युवतीसंग बसिरहेका छन् । जवकी कानून अनुसार डिभोर्स नगरि अर्कोसंग विवाह गर्न पाइदैन । ति युवतीसंगको प्रेममा रहेका गिरी आफैले नै जिल्ला अदालत प्यूठानका डिभोर्सका लागि उजुरी दिएका हुन् । अहिले उनको र श्रीमतिको डिभोर्सको मुद्दा अदालतमा चलिरहेको छ ।
आफनै घर बनाउन नसक्ने गाउँपालिकाको अध्यक्ष गिरीले कसरी गौमुखी गाउँपालिकाको मुहार फेर्लान भन्ने प्रश्न स्थानीय मतदाताले गर्न थालेका छन् । पाँच बर्ष अध्यक्ष बनाएर पनि प्रतिवद्धता अनुसार काम गर्न नसकेको गिरी परस्त्रीलम्पट भएर निस्केका छन् । स्थानीय चुनावमा गौमुखी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएलगत्तै गिरी ति युवतीसँग प्रेममा फसेका थिए । उनीहरु यति नजिकिए कि बच्चा पाउने कि नपाउने भन्ने विषयमा समेत फेसबुकको म्यासेन्जरबाटै छलफल गर्न थाले । च्याटमा विष्णुले परिवारनियोजन गरे पनि बच्चा जन्मन सक्ने ति युवतीलाई बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #विष्णुकुमार गिरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्