शरिरको बोसो हटाउन खानुहोस् यस्ता खानेकुराहरु
एजेन्सी । ग्रीन टी शरीरमा बोसोको दोहन गराउन सहयोग गर्ने मुख्य खानेकुरा हो । यसले तनाव कम गर्न तथा उच्च रक्तचाप र मधुमेहका रोगीलाई पनि फाइदा गर्छ ।
कागतीको नियमित सेवन मोटोपना घटाउनमा धेरै सहयोगी हुन्छ । यसले कलेजोको विषाक्त पदार्थ निस्कासनका साथै शरीरलाई क्षारिय बनाउन मद्दत गर्छ । यसले शरीरमा बोसोको दोहन प्रक्रियालाई तिब्र बनाउँछ ।
शरीरमा मोटोपन घटाउन अंगुरको सेवन पनि उपयोगी मानिन्छ । अंगुरमा प्रसस्त मात्रामा फाइबर पाइन्छ ।
गोलभेँडामा प्रसस्त मात्रामा भिटामिन सी, लाइकोपिन तत्व हुन्छ । यसमा हुने कार्निटाइन तत्वले शरीरमा हुने फ्यानको दोहनलाई तिब्र बनाउँछ र मोटोपन घटाउन मद्दत गर्छ ।
हरियो सागपात तथा फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । तर ग्रीन टी, ऐसेलु तथा नरिवलको पानी समेत लाभदायक हुन्छ भन्ने कुरा थाहा भएर पनि बेवास्ता गरिएको हुनसक्छ । यसले शरीरलाई स्वस्थ राख्न र मोटोपना घटाउन उपयोगी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
काँचो नरिवल भित्र हुने पानीको नियमित सेवन स्वास्थ्यको लागि लाभदायी हुन्छ । यसमा पानी संतृप्त चिल्लो पदार्थ शरीरले छिटै दोहन गर्दछ ।
ऐसेलुमा प्रसस्त फाइबर पाइन्छ । यो खानमा मीठो मात्र होइन स्वास्थ्यका लागि लाभकारी पनि हुन्छ । यसले रगतमा चिनीको मात्रा सन्तुलित गराउने तथा भोक घटाउने काम गर्छ ।
क्याटेगोरी : विशेष
ट्याग : #बोसो हटाउन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्