वाईसीएल इन्चार्जद्वारा एमाले कार्यकर्तामाथि आक्रमणः घाइते बिकको अवस्था गम्भीर
शिशिर सिंखडा, चितवन । माओबादी केन्द्रको भातृ संगठन वाईसिल कालिकाका इन्चार्ज नवराज घलानको आक्रमणबाट एमालेका कार्यकर्ता महेन्द्र बिक घाइते भएका छन ।
कालिका–३, शान्ति टोल, पदमपुर निवासी ३४ वर्षिय बिकलाई वाईसिल कालिकाका इन्चार्ज घलानले गए राती ११ बजे फोन गरि घरबाट बोलाएर आक्रमण गरेका हुन । बोलाएर २ सय मिटर पर लगि १५÷१६ जनाको समुहले बोत्तल तथा सीसाले टाउकोमा हानेको स्थानियले बताएका छन ।
एमालेको भातृ संगठन युवा संघका नगर सदस्य समेत रहेका बिकको अहिले गम्भीर अबस्थामा भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको नेकपा एमाले कालिकाका सचिब शुदर्शन अधिकारीले जानकारी दिए । बिकको टाउकोमा गम्भीर चोट लागेको छ ।
वाईसिल कालिकाका इन्चार्ज नवराज घलान यश अगाडी पनि एमाले जिल्ला कमिटी सदस्य ऋषिराम मरहठ्ठालाई आक्रमण गरि प्रहरी हिरासतमा रहेका थिए । उनी करिब २ महिना अगाडि धरौटी जमानतमा छुटेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #वाईसीएल इन्चार्जद्वारा एमाले कार्यकर्तामाथि आक्रमणः\
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्