कुन स्थानीय तहमा कति मतदाता र मतदान स्थल ? (सूची हेर्नुहोस्)
काठमाडौं – निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरका स्थानीय तहमा कायम हुने मतदान स्थल र केन्द्र निर्धारण गरेको छ । सातै प्रदेशमा दश हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र निर्धारण भएको निर्वाचन आयोगले जनाएको छ । जसअनुसार प्रदेश १ मा १८ सय ७७ मतदान स्थल हुँदा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ मतदाता रहेका छन् ।
३३ लाख ३१ हजार १७० मतदाता रहेको मधेस प्रदेशमा २१ सय ६३ मतदानस्थल र ४ हजार १ ८९ मतदान केन्द्र रहेका छन् । देशकै राजधानी रहेको र सवैभन्दा बढी मतदाता रहेको वागमती प्रदेशमा ३४ लाख १२ हजार ८६९ मतदाता रहेका छन् । यो प्रदेशमा १७ सय ९२ वटा मतदानस्थल कायम रहेका छन् भने ४ हजार ९५ मतदान केन्द्र कायम भएको छ ।
१७ लाख ७९ हजार ४११ जना मतदाता रहेको गण्डकी प्रदेशमा १२ सय ५३ मतदान स्थल र २३ सय मतदान केन्द्रमार्फत मतदान हुने भएको छ ।
३२ लाख १९ हजार ४७५ जना मतदाता रहेको लुम्बिनी प्रदेशमा १६ सय २९ मतदानस्थल र ३८ सय ३२ मतदान केन्द्र निर्धारण गरेको आयोगले जनाएको छ । उता १० लाख १ हजार २८२ मतदाता रहेको कर्णालीमा ९ सय सात मतदानस्थल र १३ सय ८५ मतदान केन्द्र रहेका छन् ।
१६ लाख ३२ हजार १५० मतदाता रहेको सुदुरपश्चिम प्रदेशमा ११ सय ३५ मतदानस्थल र २१ सय ३ मतदान केन्द्र निर्धारण गरेको निर्वाचन आयोगले जनाएको छ । देशभर ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता, १८३ अन्य र ८७ लाख ४१ हजार ५ सय ३० महिला गरी १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् ।
७५३ स्थानीय तहमा कायम मतदाता, मतदानस्थल र मतदान केन्द्र आयोगले तोकेको हो । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७७ नगरपालिका र ४६० वटा गाउँपालिका रहेका छन् । यस्तै देशभर ६ हजार ७४३ वटा वडा रहेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्