संखुवासभाको मादीमा गठबन्धनको चुनावी आमसभा हुने
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेको उपस्थितिमा आमसभा हुने
संखुवासभाको मादी नगरपालिकामा गठबन्दन दलहरुले चुनावी आमसभा गर्ने भएको छ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेको उपस्थितिमा आमसभा हुने भएको छ । बुधबार मादी नगरपालिकाको ओखरबोटे बजारमा आमसभा हुने गठबन्धन दलहरुको स्थानीय निर्वाचन परिचालन समिति मादीले जनाएको छ । जिल्लामा पाँचदलीय गठबन्धन चुनावमा होमिएको छ ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै दलका उम्मेदवारहरु जनताका घरदैलोसम्म पुग्न थालेका छन् । दलका आआफ्नै प्रतिज्ञा र घोषणापत्र लिएर चुनावी अभियानमा उम्मेदवार, दलका नेता र कार्यकताहरु मतदातासम्म मत माग्न व्यस्त छन् । संखुवासभालाई पछिल्लो अवस्थामा हेर्ने हो भने गठबन्धन दल र प्रतिदन्दीको रुपमा रहेको नेकपा एमालेबिचमै प्रतिस्पर्धा हुने देखिएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा पाँच दलीय गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच रस्साकस्सी हुने देखिएको छ । जिल्लामा गठबन्धनका कारण एमालेलाई पुरानो हैसियत कायम राख्न कठिन देखिन्छ । २०७४ को निर्वाचनमा दोस्रो बनेको नेपाली कांग्रेस, तेस्रो बनेको नेकपा माओवादी केन्द्र र चौथो बनेको तत्कालीन संघीय समाजवादी फोरम एकै ठाउँ हुँदा एमालेलाई पुरानो हैसियत कायम राख्न कठिन हुने आकलन छ । स्थानीय तह २०७४ को प्राप्त मतको आधारमा संखुवासभामा नेकपा एमाले भन्दा पाँच दलीय गठबन्धन अघि देखिएको छ ।
नेकपा एकीकृत समाजवादी र जसपाले एमालेको मत काट्ने सम्भावना भएका कारण पनि गठबन्धन निकै बलियो देखिएको छ । एमाले फुटपछि नेकपा एमालेका तत्कालिन अध्यक्ष हेमराज घिमिरे लगायत जिल्ला स्तरीय नेता कार्यकतासमेत समाजवादीमा छन् । जिल्लाका लोकप्रिय र प्रभावशाली नेताहरु एकिकृत समाजवादीमा गएपछी नेकपा एमाले १० वटै पालिकामा कम्जोर भएको पाइन्छ
क्याटेगोरी : राजनीति, विशेष, समाचार, स्थानीय
ट्याग : #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्