Techie IT
बिहीबार, मंसीर ४,२०८३

उत्कृष्ट शैक्षिक गन्तब्य बन्दै : ब्राईट फिल्ड एजुकेशन एकेडेमी


Education is above all” अर्थात शिक्षा सबै भन्दा माथि भन्ने मुलमर्मलाई आत्मसाथ गर्दै बिगत १० वर्ष देखि का. म. पा. १७, खुशिँबुमा संचालित ब्राईट फिल्ड एजुकेशन एकेडेमीमा पछिल्लो समयमा विद्यार्थीहरु तथा अभिभावकहरुको आकषर्ण बढ्न थालेको छ ।

बि. स. २०७५ सालमा नयाँ ब्यवस्थापनको जिम्मामा आएपछि ब्राईट फिल्ड एजुकेशन एकेडेमी अझ सबल र सक्षम रुपमा गुणस्तरिय शिक्षा प्रवाह गर्दै विद्यार्थीहरुको सिकाई प्रक्र्रियालाई बहुआयामिक ढंगबाट अगाडी बढाईरहेको छ । बिगत दुई बर्ष देखि कोरोना भाईरस को कारणले विद्यार्थीहरुको समग्र सिकाई क्रियाकलापमा प्रत्यक्ष असर परेको थियो । सो अवधिमा समेत बिभिन्न बैकल्पिक शिक्षण सिकाईको प्रकियाहरु अवलम्वन गरि विद्यार्थीहरुको शैक्षिक क्रियाकलाप सवल रुपमा सम्पन्न गरेको कारण विद्यार्थी तथा अभिभावकहरुको बिश्वास जित्न सफल भएको यस विद्यालयले आगामी दिनमा समेत आईपर्ने शैक्षिक अवरोधहरुको पूर्व अाँकलन गरि शैक्षिक क्रियाकलाप अगाडी बढाईरहेको छ ।

उत्कृष्ट शैक्षिक वातावरण नै विद्यार्थीहरुको सिकाई प्रक्रियाको एउटा बिशेषता हो । त्यसैले यस विद्यालयले साना नानीबाबुहरुको हितलाई ध्यानमा राखि PRIMARY LEVEL (PG – UKG) / PRIMARY and SECONDARY LEVELमा गरि दुईवटा छुटछुट्टै भवनबाट शैक्षिक गतिविधिहरु संचालन गर्दै आइरहेको छ ।

आजकल सानो उमेरमै अर्थात २÷३ वर्षकै उमेरमा बच्चाहरुलाई विद्यालयमा राखिहाल्ने चलन छ । विद्यालय पठाएको केही समयमा नै आफ्नो बच्चाले अङ्ग्रेजी अक्षरहरु चिनिहालोस्, गीत, कविता र कथाहरु फरर पढिहालोस् भन्ने आम अभिभावकहरुको चाहाना भएको छ, जुनकुरा ब्यवहारिक पक्षबाट बिश्लेषण गर्ने हो भने बच्चाको लागि ज्यादै अनुपयुक्त रहन्छ । सानो बच्चा बस्नको लागि उसको शरिर तयार भएकै हँुदैन, लेख्नको लागि हातको मांसपेशिहरु तयार भएकै हुदैन , तर हामी त्यस्ता अबोध बालबालिकाहरुको हातमा कलम थमाईरहेका हुन्छौ, जुनकुरा हामी अभिभावकहरलाई बुझाउन जोड गर्नै पर्ने प्राचार्य रोशन घिमिरेले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #ब्राईट फिल्ड एजुकेशन एकेडेमी


तपाईको कमेन्ट लेख्नुहोस्