महाकवि देवकोटाको साहित्य यात्रा स्मरण
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताएका छन ।
भीमसेनगोला–बानेश्वरस्थित मोर्डन कन्या मल्टिपल कलेजले महाकवि देवकोटाको ११०औ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भाषा र साहित्य नै हाम्रो पहिचान रहेको हँुदा महाकविले परिकल्पना गरेको विषय सम्बोधन र सम्वद्र्धन हँुदै गएको धारणा व्यक्त गरे ।
कलेज सञ्चालक समितिका अध्यक्ष प्रा डा रामप्रसाद दाहाल र साहित्यकार हरिहर खनालले महाकवि देवकोटाको साहित्यका विभिन्न विधामा रहेको योगदानमाथि प्रकाश पारेका थिए ।
सोही कार्यक्रममा कुलपति उप्रेतीले श्रष्टा शान्ता पोखरेल अर्यालको मितेरी मन नामक कविता सङ्ग्रहको लोकार्पण गर्नुभयो । उक्त कृतिमा ‘पिरतीको प्रतीक’, ‘पानी पँधेरो’, ‘आमा’, ‘शान्ति’, ‘प्रेमको निशानी,’ ‘धोका’, ‘मन’, ‘बुहारी’, ‘परिवर्तन’, ‘भाग्य’, ‘भावना’, ‘साहित्यको ढोका’, ‘वेदना’, ‘निःस्वार्थ’, ‘संस्कृति शीर्षक’का ६४ वटा समसामयिक कविताहरु समेटिएको छ । उक्त कविता सङ्ग्रहका बारेमा कृष्ण पोखरेलले समीक्षा प्रस्तुत गर्दै अधिकांश कवितामा प्रेम भाव झल्किएको र यसले सत्मार्ग र सत्कर्ममा लाग्न प्रेरित गरेको बताए ।
समारोहमा उक्त कलेजका विद्यार्थीले भैलोसम्बन्धी नृत्यसहित गीत सङ्गीत प्रस्तुत गरेका थिए भने महाकविको सम्झनामा विभिन्न कविकवयित्रीले कविता वाचन गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #महाकवि देवकोटा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्