काठमाडौँ महानगरपालिका –४ को वडाअध्यक्ष लड्न लागेका रामप्रसाद न्यौपाने को हुन् ?
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ४ को वडाअध्यक्षमा रामप्रसाद न्यौपानेले उम्मेद्धारी दिनुभएको छ ।
बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा न्यौपानेले नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेद्धारी दिनुभएको हो । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापतिसमेत रहनुभएका न्यौपाने विभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ ।
न्यौपाने विस २०३३ सालदेखि काठमाडौँ महानगरपालिका वडा नं ४ मा बस्दै आउनुभएको छ । उहाँ सोही क्षेत्रका स्थायी बासिन्दा हुनुहुन्छ । निरन्तर २० वर्षदेखि काँग्रेसबाट वडाको विभिन्न पदमा रहेर काम गर्नुभएका न्यौपाने कामपा वडा नं ४ को दुई कार्यकाल सचिव भएर काम गरिसक्नुभएको छ ।
विस २०४७ सालमा शंकरदेव क्याम्पसमा नेविसंघको सदस्य भएर काम गर्नुभएका न्यौपाने पार्टीको १३ औँ महाधिवेशनमा पनि सोही वडाको सभापति निर्वाचित हुनुभएको थियो ।
उहाँ सामुदायिक सेवा केन्द्र टुँडालदेवीको समेत अध्यक्ष हुनुहुन्छ । काठमाडौँ महानगरपालिका वडा नं ४ मा काठमाडौँको मुटु वालुवाटार, चण्डोल, धुम्बाराही, चुनदेवी, टुँडालदेवीलगायतका क्षेत्रहरु पर्दछ ।
उक्त क्षेत्रमा काँग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री थापा खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेद्वारी दिनुभएको छ । उक्त क्षेत्रमा १६ हजारभन्दा बढी मतदाता रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #रामप्रसाद न्यौपाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्