Techie IT
बिहीबार, जेठ २,२०८२

बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उम्मेदवारी


काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उम्मेदवारी दर्ता भएको छ । काठमाडौं जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी परेको हो ।

बूढानीलकण्ठ नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार नगरप्रमुखमा १५ र उपप्रमुखमा ६ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा ७१, महिला वडा सदस्यमा ५४, दलित महिला सदस्यमा ४८ र खुला सदस्यमा ११४ जनाको उम्मेदवारी परेको छ ।

जम्मा १३ वडा रहेको बूढानीलकण्ठको वडा नं १ मा १८, वडा नं २ मा २१, वडा नं ३ मा २५, वडा नं ४ मा २२, वडा नं ५ मा १८, वडा नं ६ मा २२, वडा नं ७ मा १६, वडा नं ८ मा २२, वडा नं ९ मा २४, वडा नं १० मा २६, वडा नं ११ मा २६, वडा नं १२ मा २७ र वडा नं १३ मा २० जनाको उम्मेदवारी परेको भट्टराईले बताइन् ।

बूढानीलकण्ठमा नेपाली कांग्रेसबाट नगरप्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, नेकपा (एमाले) बाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा र नेकपा (माओवादी केन्द्र) बाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी र उपप्रमुखमा कमला गौतमले उम्मेदवारी दिएका छन् ।

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको नगरप्रमुखमा नेकपा (एमाले) का उद्धव खरेल र उपप्रमुखमा एमालेकै रमादेवी राई विजयी भएका थिए ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:13 am6:46 pm +0545