ककनी– ५ को समृद्ध विकास र जनताको माग पूरा गर्न मेरो उम्मेदवारी : बुद्ध लामा
काठमाडौं । नुवाकोटको ककनी– ५ मा नेपाली कांग्रससबाट वडाध्यक्षका उम्मेदवार बुद्ध लामाले उक्त वडामा समृद्ध विकास र जनताको माग पूरा गर्न आफूले उम्मेदवारको घोषणा गरेको बताएका छन् ।
यही बैशाख ३० गतेको लागि सरकारले स्थानीय तह निर्वाचनको मिति तय गरेको छ । हाल देश चुनावको रौनकमा र विभिन्न राजनीतिक दललले उम्मेदवार चयन गरिरहहेका बेला युवा नेता लामालाई पनि पार्टीले सर्वसम्मत वडाध्यक्षको उम्मेदवार चयन गरेको बताए ।
साथै, उनले विगतको सरकारले त्यस वडामा विकास निर्माण पूरा गर्न नसकेको आरोप लगाउँदै हाल बाटोघाटोलगायत विभिन्न विकासका योजना अघि सारेर चुनावमा होमिएको बताए ।
पहिलेको सरकारको पालामा अव्यवस्थित कच्ची सडकलाई पक्की गर्न नसकेको आरोप लगाउँदै त्यस्ता विभिन्न विकास निर्माणका काम आफूले चुनाव जितेपछि पूरा गर्ने नेता लामाले जिकिर गरे ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्