सबै उमेर समूहका जनाता एमालेमा आकर्षित छन् : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै उमेर समूहका जनता एमालेमा आकर्षित भइरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसरमा आयोजित पार्टी कार्यालय स्थानान्तरण तथा ‘कम्युनिष्ट योद्धा सम्मान’ कार्यक्रममा उनले ज्येष्ठ नागरिक, युवा, किशोरकिशोरी र बालबालिका सबै एमालेप्रति आकर्षित भइरहेको बताए ।
देशभरमा नै पार्टी प्रवेशको लहर नै चलेको उनको भनाइ छ । उनेले भने, ‘ज्येष्ठ नागरिकको आर्शिवाद एमालेसँग छ भने युवाको आशा र भरोसा छ ।’ देश र विदेशमा रहेका नेपालीको मनमा एमाले रहनु नै सफलता भएको पूर्वप्रधानमन्त्री ओलीले बताए । सरकारमा रहँदा गरेका कामभन्दा पनि सबैको मनमनमा एमाले छाउनु ठूलो सफलता भएको उनको भनाइ छ ।
सरकारमा पुग्नुभन्दा पनि सबै नेपालीको मुहारमा खुसी फैलाउनु एमालेको उद्देश्य भएको अध्यक्ष ओलीले बताए । उनका अनुसार पार्टीले कुनै पनि नेपालीको अनुहारमा गरिबीको धर्सा नदेखिने गरी आफ्ना पार्टीको उद्देश्य बनाएको छ । उनले भने, ‘पार्टीले अभाव हटेर सुखी र खुसी जनता देख्न चाहेको छ ।’
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सबै स्थानीय तहले आर्थिक विकास र उत्पादनमा जोड दिएर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टीले बामपन्थी आन्दोलनमा योगदान पुर्याएका १७ जना योद्धालाई सम्मान गरेको छ ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्