यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले पाँच वर्षको अवधिमा धेरैनै काम गरेका छन् । विवाद रहित विकासका प्रतिक मेयर अधिकारीले निम्न अनुसारको महत्वपूर्ण काम गरेका छन ।
१ ) सडक पूर्वाधार निमार्णमा फड्को
टोखा नगरपालिकामा मेयर अधिकारीको अगुवाईमा मुख्य सडकको कालोपत्रे , ढल निमार्ण , सडक ढलानको कार्य सम्पन्न भएको छ । २०७४ सालको निर्वाचनमा हिलाम्मे र धुलाम्मे सडकोको कालोपत्रे सम्पन्न भएको छ भने टोल बस्ती बस्तीहरुमा ढलानको काम सम्पन्न भएको छ ।
टोखाका आठवटै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निमार्णको काम सम्पन्न भएको छ भने गुणस्तरीय शीक्षाको लागी बिभिन्न कार्य गरेको छ ।
टोखाभित्र झोर महाँकाल मावि, बौडेश्वर मावि, चण्डेश्वरी मावि, धापासी मावि, तिलिङ्गाटार मावि, सरस्वती मावि, जालपा मावि र मनोहर मावि रहेका छन्। यी सामुदायिक विद्यालयमा चार हजार ३०६ विद्यार्थी अध्ययनरत छन्।
२ ) नगरपालिकाको सुबिधासमपन्न भवन निमार्ण सम्झैता
टोखा नगरपालिकाको सुबिधासमपन्न अत्याधुनिक भवन निमार्ण भैरहेको भएको छ ।
टोखा नपाको प्रस्तावित भवन निर्माणको लागि ६० र ४० को एतिहासिक सम्झौता सम्पन्न भएको छ।जस अनुसार जिससले ७५,९१९,३३७।७४ र टोनपाको ५०,६१२,८९१।९४ गरि जम्मा रु १२,६५,३२,२२९ को लागतमा निमार्ण भैरहेको छ ।
२४ महिनाभित्र निमार्ण सम्पन्न हुने गरी जे भि कन्ट्रक्सनलाई ठेक्का पाएको सो भवनको करिव ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

३ ) चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल
नगरबासीलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा उपलब्ध गराउन चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा रुपान्तरण गरिएको छ । टोखा नगरपालिका र प्रदेश सभाषद दिपक निरौलाको अगुवाईमा सो अस्पताललाई सुबिधा सम्पन्न अस्पताल निमार्ण गरिएको हो ।

४) झोरमा १२ करोडको खानेपानी योजना , मेलम्चीको पानी पनि टोखामा
वडा नं १ मा अवस्थीत झोरको भण्डारेमा उपत्यका खानेपानी लिमिटेडसंगको सहकार्यमा दैनिक ४५ लाख लिटर पानि जम्मा हुने गरि खानेपानी योजनाको काम भैराखेको छ । १२ करोड लगानीमा निमार्णहुन लागेको सो योजनाले टोखा नगरपालिकाको खानेपानी समस्यालाई केहीहद सम्म हल गर्नेछ भने मेलम्चीको पानी पनि टोखाको गंगोबु र धापासीमा पाइप बिछ््रयाउने कार्य सम्पन्न भैसकेको छ ।

५) टोखा र नाक्छुबिच भगीनी सम्बन्ध
काठमाडौंको टोखा नगरपालिका र चीनको स्वशासित क्षेत्र तिब्बत स्थित नाछ्यु नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । सन् २०१९ को अगष्ट १३ तारिखका दिनभगिनी सम्बन्ध स्थापनाको प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका दुई नगरले विस्तृत समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
नाछ्यु नगरपालिकाले कोभिड १९ नियन्त्रणमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलब्ध गराएको थियो । दुई पटक गरि प्रदान गरिएको स्वास्थ समाग्रीमा अक्सीजन मेशीन , माक्र्स , सेनीटाइजर , थर्मलगन लगायतका उपकरण रहेका छन ।
भगीनी सम्बन्धका कारण स्वास्थ सामाग्री खरीदमा नगरपालिकाको करिव चार करोड ब्याय भार बचेको थियो ।

६) आफ्नै आइसोलेशन , संक्रमितको साथी बन्दै नगर
नगरपालिकाले चन्द्रेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा ९० बेडको आइसोलेशन बनाएको थियो । देशभर कन्ट्याक्ट ट्रेसिङ नभएको , आइसोलेशन अभाव भएको अवस्थामा नगरबासीलाई समयमै पीसीआर गरेर आफ्नै जनशक्ति खटाएर कोरोना रोकथाम र नियन्त्रणमा नमुनायोग्य काम देखाएको थियो । जसको प्रशंसा टोखामा मात्र सिमित नभएर देशब्यापी भैराखेको छ ।
७ ) कोरोना संक्रमितहरुलाई घर घरमा भेट्न मेयर
होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई भेट्न मेयर सहितका जनप्रतिनिधि घर घरमा पुगेका थिए । कोरोनाका बिरामीहरुमा हौसला बृद्धि भई रोग संग लड्नका लागि आत्मबल बढाउने उद्देश्यले आफूहरु कोरोनाका बिरामीहरुको घर घरमा गएर हौसला प्रदान गरेको नगर प्रमुख प्रकाश अधिकारीलेको भनाई छ ।

८ ) मेयर उज्यालो कार्यक्रम
टोखा नगरपालिकाले आफ्नो गौरवको योजना अन्तर्गतको मेयर उज्यालो कार्यक्रम शुभारम्भ भएको छ । मुल सडकमा बत्ति बाल्ने कार्यक्रम अनुरुप टोखा नगरपालिकाले विगत २ वर्षदेखि मेयर उज्यालो कार्यक्रमलाई आफ्नो गौरवको योजनामा राखेको थियो ।
मेयर उज्यालो कार्यक्रम सँगै मेयर सुरक्षा कार्यक्रम पनि टोखा नगरपालिकाको योजना रहेको बताउदै ‘ मेयर सुरक्षा कार्यक्रम’ अन्तर्गत मुख्य सडक, खोलाका किनार र चोरी लाग्ने स्थानहरुमा नगरपालिकाले सिसि क्यामेरा जडान कार्यलाई पनि प्राथमिकता दिएको हो ।

९ ) मेयर प्रकाश अधिकारीको गाडी नागरिकको स्वास्थ सेवामा
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आफूले चढ्दै आएका गाडी स्वास्थ प्रयोजनका लागी प्रयोग भएको थियो।
कोरोना संक्रमितको संख्या थपिदै जाँदा स्वास्थ सामाग्री ओसारपसार गर्ने , कोरोना संग सम्बन्धीत सम्पूर्ण समाग्रीहरु बोक्ने र आवश्यक परेमा नगरपालिकाको अन्य गाडीले नभ्याएको बेला ननकोभीडका बिरामीहरु ओसार पसार गर्ने तथा प्रशासनिक कार्य गर्न सो गाडी प्रयोग भएको थियो ।
विपद्को समयमा जनताको सेवा गर्नु जनप्रतिनिधिको मुख्य धर्म हो, नगरबासीको स्वास्थ भन्दा माथि केही छैन तसर्थ आफू गम्भीर एवं प्रतिबद्ध रहेको उनको भनाइ छ ।

१०) ‘मेयर दीर्घायु’ कार्यक्रमको शुभारम्भ
टोखा नगरपालिकाले ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन भएको छ । नगरभित्रका ५० वर्ष माथिका अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन भएको हो ।
११ ) ‘मेयर दिवा खाजा कार्यक्रम’
टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक ९सरकारी० विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवाखाजा खुवाउने नीतिअनुसार आइतबारदेखि ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ भएको छ।
१२) टोखाका विरामीहरुलाई निशुल्क रगत
नगरपालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराएको छ । नगरपालिकाले रेडक्रस तथा बिभिन्न संघ संस्थाहरु सँगको समन्वयमा आफ्ना नागरिकको उपचारका लागि लाग्ने रगत निशुल्क उपलब्ध गराउने व्यवस्था गरेको हो ।
रेडक्रस रक्त सञ्चार सेवाले प्रति पिन्ट रगतको लागि लाग्ने थैला , परिक्षण र सेवा शुल्क गरि ८ सय १० रुपैयाँ शुल्क लिँदै आएको छ । टोखाका विरामीलाई परिचयको आधारमा निशुल्क गरिने र पछि सो रकम बराबरको बिल अनुसार भूक्तानी गर्ने प्रबन्ध मिलाइएको छ ।
मानिसहरुले निशुल्क दान गरेको रगत बिभिन्न प्रशोधन , ल्याव परिक्षण बापतको शुल्क बिरामीले तिर्नुपर्ने झन्झटको अत्य टोखा नगरपालिकाले गर्ने भएको हो ।
उपमेयरसंग बालबालिका कार्यक्रम
टोखा नगरपालिकाको वडा नं १ झोरबाट उपमेयरसंग बालबालिका कार्यक्रम शुरु भएको छ ।
टोखा नगरपालिकाका नगर प्रकाश अधिकारी र उपप्रमुख ज्ञान माया डंगोलले उपमेयरसंग बालबालिका कार्यक्रमको झोरमा आयोजित कार्यक्रममा संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
यसरी नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रबद्र्धन, कृषिको आधुनिकीकरण, साँस्कृतिक सम्पदाहरुको संरक्षण, पार्क निर्माण लगायत सेवा प्रवाहका कामहरुलाई प्राथमिकता दिएकै कारण टोखाका मेयर काठमाडौका सफल मेयरका रुपमा परिचित छन ।

भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय १ त्यस्तै बनेको छ । टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीको मेहनत र लगनशीलताले वर्षौँदेखि विकासको पर्खाइमा बसेका नयाँ संरचनाहरुले नयाँ जीवन पाएका छन् । कतिपय स्थानीय तहका जनप्रतिनिधिले काम गरेनन् भनेर सर्वत्र आलोचना आइरहेको अवस्थामा टोखाका मेयरले आफ्नै पहिचान बनाउन सफल भएका छन ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्