काँग्रेस संखुवासभाले टुङ्ग्यायो पाँच नगरपालिकाको प्रमुख र उपप्रमुख
संखुवासभा –
नेपाली काँग्रेस संखुवासभाले पाँच नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।
संखुवासभा काँग्रेसले बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाँच नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको हो ।
काँग्रेस संखुवासभाका सभापति दिपक खड्काका अनुसार धर्मदेवी नगरपालिकाको प्रमुखममा थलकुमार लिंखा र उपप्रमुखमा तारा महत, चैनपुर नगरपालिकाको प्रमुखमा ज्ञानबहादुर कार्की र उपप्रमुखमा अन्जना लिन्थेप, मादी नगरपालिकाको प्रमुखमा पासाङ शेर्पा र उपप्रमुखमा तारा कोइराला प्याकुरेल, पाँचखपन नगरपालिकाको प्रमुखमा विपिन राई र उपप्रमुखमा सिताकुमारी श्रेष्ठ र खाँदवारी नगरपालिकाको प्रमुखमा महेश थपलिया र उपप्रमुखमा कमला गुरुङको नाम टुङ्गीएको हो ।
सभापति खड्काले नगर कार्यसमिति र क्षेत्रीय कार्यसमितिले गरेको निर्णयलाई सदर गरेर प्रदेश कार्यसमितिमा सिफारिस गरिएको जानकारी दिनुभयो । गठबन्धन दलहरुसँग वार्ता भइरहेको हुँदा वार्ता सफल भएमा उक्त नाम हेरफेर हुनेसमेत सभापति खड्काले बताउनुभयो ।
क्याटेगोरी : विशेष, समाचार, स्थानीय
ट्याग : #hot, #नेपाली काङ्ग्रेस, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्