उपमहानगरमा सहमति हुन नसकेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्दै
काठमाडौं । मंगलबार राति अबेरसम्म बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । मंगलबार साँझ महानगरमा सहमति जुटाएको गठबन्धन उपमहानगरमा भने सहमति हुन सकेको छैन ।
उपमहानगरमा सहमति खोज्न आज बिहान ११ बजे बैठक बस्ने बताइएको छ । मंगलबार सत्ता गठबन्धनमा प्रमुख राजनीतिक दलहरुबीच महानगरको नेतृत्व बाँडफाँडमा सहमति जुटेको थियो ।
उक्त सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व लिनेछ भने पोखरा एकीकृत समाजवादीले लिनेछ । वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टीलाई दिने तय भएको छ ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्