समृद्धि आर्थिक पक्ष मात्रै होइन;सामाजिक विभेदको अन्त्य पनि हो: प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सामाजिक विभेदको अन्त्यले मात्रै विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन् ।
आर्थिक विकास मात्रै विकास नभई विभेद रहित समाज मात्रै आजको विकास मान्यता रहेको उनको भनाई छ । मधेशी, दलित, जनजाती, महिला लगायतका मुद्धालाई समेट्न कांग्रेसले सशक्त पहलकदमी लिनुपर्ने उनको जोड छ ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
उत्पीडित वर्गको मुद्धालाई दोश्रो जनआन्दोलनको भावना अनुरुप सम्बोधन गरिनु पर्ने उनको सुझाव रहेको छ ।
दोश्रो जनआन्दोलन २०६२/६३ मा भएको थियो । २४३ वर्ष लामो राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्न सबै वर्ग समुदायको समान भूमिका रहेको थियो ।
नेता पौडेलले ट्विटरमा लेखेका छन- ‘समृद्धि आर्थिक पक्ष मात्रै होइन;सामाजिक विभेदको अन्त्य पनि हो। समान अवसर र विभेद-रहित समाज आजको विकास मान्यता हो। त्यसैले, दोश्रो जनआन्दोलनको मर्मलाई समातेर दलित,मधेसी, जनजाति,महिला लगायतका समुदायको मुद्धालाई समेट्न कांग्रेसले सशक्त पहलकदमी लिनुपर्छ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रदिप पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्