Techie IT
बिहीबार, जेठ ९,२०८२

बाइसधारा मेला, भक्तजनको भेला


काठमाडैं । काठमाडौंको बालाजुस्थित बाइसधारामा मेला लागेको छ । शुक्ल पूर्णिमाको दिन लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्माबलम्बीहरू जाने गरेका छन् ।

बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ । स्थानका लागि बालबालिका देखि वृद्धवृद्धासम्म बाइसधारा पुगेका छन् । नुहाउनका लागि श्रद्धालु भक्तजनहरू लाइन बसेका छन् ।

बालाजुमा आजको दिन स्नान गरी नारायण मन्दिरमा दर्शन गरेमा मुक्तिनाथ र गोसाइकुण्ड बराबर पुण्य मिल्ने धार्मिक विश्वास छ । लुतोलगायत चर्म रोग पनि यहाँ स्थान गर्दा निको हुने भक्तजनहरुको विश्वास छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बाइसधारा मेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Mostly Cloudy
5:09 am6:50 pm +0545