गायक प्रहलाद तिमिल्सिनाको ‘महक–२’ सार्वजनिक
गायक प्रहलाद तिमिल्सिनाको दोस्रो एकल एल्बम ‘महक–२’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’, संगीतकार शम्भूजीत बासकोटा, आलोकश्री, गीतकारहरु राजेन्द्र थापा, डा.कृष्णहरी बराल तथा एसपी कोइरालाले संयुक्त रुपमा उक्त एल्बम लोकार्पण गरेका हुन् ।
विमोचन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले गायक तिमिल्सिनाको गायकीको प्रसंसा गर्दै सांगीतिक क्षेत्रमा पाइरेसीमा समस्या भए गृह मन्त्रालय त्यसलाई समाधान गर्न तत्पर रहेको धारणा व्यक्त गरे । ‘संगीतमा भएको सर्जकहरुको लगानी सुरक्षित हुनु पर्छ, मन्त्री थापाको भनाइ थियो–‘पाइरेसी गरेर सर्जकको सम्पत्ति चोर्ने जस्ता प्रवृत्ति देखा परे गृह मन्त्रालयलाई त्यसलाई समाधान गर्न सधैं तयार हुनेछ ।’
‘महक–२’ एल्बममा १० वटा गीत समावेश छन् । एल्बमका गीतहरुमा वरिष्ठ संगीतकार शम्भूजीत बासकोटा, सुरेश अधिकारी, आलोकश्री, न्ह्यू बज्रँचार्य, महेश खड्का, वसन्त सापकोटा, विकास चौधरी तथा आशिष अविरलद्वारा संगीतबद्ध गीतहरु समावेश गरिएका छन् । गीतहरु डा.कृष्णहरी बराल, जीवन लुईंटेल, राजेन्द्र थापा, वसन्त सापकोटा, एसपी कोइराला तथा निश्चल श्रेष्ठले रचना गरेका हुन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #प्रहलाद तिमिल्सिना
तपाईको कमेन्ट लेख्नुहोस्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा





