एमालेबाट तारकेश्वरको उपमेयरमा ७ जनाको दावी , को को ?

तारकेश्वर काठमाडौं । नेकपा एमाले तारकेश्वर नगर कमिटिको बैठकमा उपमेयरको लागी ७ जनाले दावी गरेका छन । मंगलबार नेपालटारमा आयोजित नगर कमिटिको बैठकमा ७ जनाले उपमेयरको दावी गरेका हुन ।
स्थानीय तह निर्वाचन नजिकिएसँगै काठमाडौंको तारकेश्वर नगरपालिकामा उपमेयरको चर्चा सुरु भएको छ ।
भवानी डोटेल धिताल
२०७४ सालको स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिकाको उपप्रमुख पदमा ९ जनाले उम्मेदवारी दिएका थिए । सो निर्वाचनमा विभिन्न पार्टीका तर्फबाट र स्वतन्त्र रुपमा नगर उपप्रमुख पदका उम्मेदवार रहेका थिए।
निर्वाचन आयोगको विवरण अनुसार तारकेश्वर नगरपालिकाको उपप्रमुखमा तत्कालिन नेकपा एमालेकी उम्मेदवार भवानी डोटेल धितालले १०३३७ मत सहित बिजयी बनेकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार गीता न्यौपाने अर्यालले ६९८३ मत प्राप्त गरेकी थिइन्।
तारकेश्वरको ठुलो जनसंख्या रहेको गोलढुंगा निवासी भवानी डोटेल कानुनमा स्नातक गरेकी धिताल एमाले काठमाडौ जिल्ला कमिटि सदस्य हुन ।
शिव कुमारी अर्याल
एमाले काठमाडौ जिल्ला कमिटि सदस्य बतीसा मर्हजन तारकेश्रकी पुराना महिला नेतृका रुपमा परिचित छन । वडा नं ३ जितपुर निवासी अर्याल यस अघिपनि उपमेयरको दावेदारी थिइन ।
बतीसा मर्हजन
एमाले काठमाडौ जिल्ला कमिटि सदस्य बतीसा मर्हजन तारकेश्रकी पुराना महिला नेतृका रुपमा परिचित छन । मंगरबारको नगरकमिटि बैठकमा यसपाली कुनै हालतमा आफेनो निर्णय बाट पछि नहट्ने उनको अडान छ ।
भवानी पन्त
एमाले काठमाडौ जिल्ला कमिटि सदस्य भवानी पन्तले पनि नगर कमिटिको बैठकमा उप मेयरको दावी गरेकी छिन । उनले यसका लागि नगर स्तरका नेतासँग आफूलाई अघि सार्नुपर्ने प्रस्तावसहित विभिन्न छलफल सुरु गरेका छन् ।
आफू उपमेयरका लागि उम्मेदवार हुन योग्य र बलियो उम्मेदवार भएको दावी गर्छीन । त्यसैअनुसार तयारीमा लागेको उनको भनाइ छ ।
सरस्वती जोशी
एमाले तारकेश्वर नगरकमिटिकी उप सचिव सरस्वती जोशीले पनि उप मेयरमा दावी गरेकी छिन । आफू उपमेयरका लागि योग्य भएको तर पार्टीले गर्ने निर्णयमा अगाडि बढ्न तयार रहेको उनको भनाई छ । सर्बसम्मतीबाट सिफारीसमा जोडदिदै सहमतिको लागी आफू बाधा नहुने उनको भनाई छ ।
सुजाता अधिकारी
एमाले तारकेश्वर नगर कमिटि सदस्य रहेकी सुजाता अधिकारी कौशीखेतीको अभीयान्ताको रुपमा पनि परिचित छिन । वडा नं ९ निवासी अधिकारी कुशल समाज सेवीको रुपमा समेत परिचित छिन ।
संगीता थापा
एमाले तारकेश्वर नगर कमिटि सदस्य रहेकी संगीता थापाको पनि उपमेयरमा दावी छ । अव युवा पुस्तालाई नेतृत्वमा जोडदिदैं पार्टीले युवापुस्तालाई अगाडी बढाउनुपर्ने उनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वरको उपमेयरमा ७ जनाको दावी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्