Techie IT
बिहीबार, जेठ ९,२०८२

टोखामा एमालेको तर्फबाट मेयरमा ७ जनाको दावी , को को ?


काठमाडौं । नेकपा एमाले टोखा नगर कमिटिको बैठकमा मेयरको लागी ७ जनाले दावी गरेका छन । मंगलबार आयोजित नगर कमिटिको बैठकमा ७ जनाले मेयरको दावी गरेका हुन ।
स्थानीय तह निर्वाचन नजिकिएसँगै काठमाडौंको टोखा नगरपालिकामा मेयरको चर्चा सुरु भएको छ ।

प्रकाश अधिकारी

टोखा नगरपालिकाका वर्तमान मेयर अधिकारी नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुन् । सवल र बिकाशप्रेमी मेयरको चर्चा कमाएका काठमाडौंको चर्चीत मेयर मध्य एक हुने भने बिभिन्न मिडियाहरुले पनि अधिकारीलाई महत्वकासाथ हेरीरहेको छ ।

२०४९ साबिक गंगबु गाविसको उपाध्यक्षका रूपमा काम गरिसकेको अनुभव सँगालेका अधिकारी टोखाका अब्वल एवं पाका नेताका रूपमा चिनिन्छन् ।

मेयरको रूपमा आफ्नो पहिलो कार्यकाल सफल भएकाले अझै एक कार्यकालका लागि आफ्नो दाबी स्वाभाविक भएको अधिकारी बताउँछन् । मेयरमा आफूले आंकाक्षा राखे पनि पार्टीको निर्णयलाई आफूले आत्मसाथ गर्ने उनको भनाइ छ ।

यस पटक सत्ता गठबन्धनबाट साझा उम्मेदवार आएको अवस्थामा एमालेको तर्फबाट प्रकाश अधिकारीनै सशक्त उम्मेदवार हुन सक्ने एमालेजनको भनाई छ ।

नारायण भाई श्रेष्ठ

टोखाका पुराना नेताका रुपमा चिनिएका बागमति प्रदेश सदस्य नारायण भाई श्रेष्ठले मंगरबारको नगरकमिटि बैठकमा यसपाली कुनै हालतमा आफेनो निर्णय बाट पछि नहट्ने अडान गरेका छन ।
गठबन्धनविरुद्ध एक्लै लड्ने तयारी गरेको उल्लेख गर्दै उनी पार्टीले योग्य र बलियो उम्मेदवार अगाडि बढाउनेमा विश्वस्त छन् ।

डा . दिपेन्द्र श्रेष्ठ

नेकपा एमाले बागमती प्रदेश सदस्य श्रेष्ठ टोखाका बौद्धीक युवा नेताका रुपमा स्थापित छन । मेयरका लागि आकांक्षा देखाएका छन् । उनले यसका लागि नगर स्तरका नेतासँग आफूलाई अघि सार्नुपर्ने प्रस्तावसहित विभिन्न छलफल सुरु गरेका छन् ।

समाजसेवी दिपेन्द्र श्रेष्ठले विद्यावारिधिको उपाधि प्राप्त गरेका छन। लामो समयदेखि सो क्षेत्रको सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहेका डा श्रेष्ठले मेडिकल माइक्रोबायोलोजी विषयमा त्रिभुवन विश्वविद्यालयबाट पीएचडीको उपाधि प्राप्त गरेका हुन्।

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रमुख स्वकीय सचिव समेत रहेका डा.श्रेष्ठ लामो लामो समय देखि नेकपा एमालेमा सक्रिय रहदै आएका छन।

तिलक सुनुवार

एमाले जिल्ला कमिटि सदस्य रहेका सुनुवार पार्टीका पुराना नेता हुन । लामी समय राजनीती गरेका सुनुवार कुशल एवं प्रभावशाली संगठकका रुपमा परिचित छन ।

कृष्ण प्रसाद अधिकारी
टोखा मेयरका लागि एमालेबाट आकांक्षा राख्ने अर्का नेता हुन कृष्ण प्रसाद अधिकारी । सावीक झोर गा.वी.स को अध्यक्ष हुँदै दुई कार्यकाल क्षेत्र नं ६ मा कुशलताका साथ सचिवको जिम्मेवारी समालेका अधिकारी हाल काठमाडौं जिल्ला कमिटि सदस्य तथा किसान अभियान्ता रहेका छन । आफू मेयरका लागि योग्य भएको तर पार्टीले गर्ने निर्णयमा अगाडि बढ्न तयार रहेको उनको भनाई छ ।

सत्य नारायण डंगोल

नेकपा एमाले टोखा नगर कमिटिका अध्यक्ष समेत रहेका डंगोल बिगत लामो समय देखी एमालेको राजनितिमा सकृय छन । वकालत पेशामा राम्रो छवि बनाएका डंगोल केहि समय अगाडी टोखा नगरपालिकाको कानुनी सल्लाहकार समेत रहेका थिए ।

प्रेमराज शिल्वाल

टोखाका पुरानानेता तथा बौद्धीक ब्यक्तीत्व शिल्वाल काठमाडौं जिल्ला कमिटि सदस्य हुन । सर्बसम्मतीबाट मेयरको सिफारीसमा जोडदिदै उनले सहमतिको लागी आफू बाधा नहुने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखामा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:09 am6:50 pm +0545