विप्लवलाई पनि चुनावमा सहभागी गराऔँ : नैनसिंह महर
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायतका पार्टीलाई पनि निर्वाचन प्रक्रियामा आउने वातावरण मिलाउनुपर्ने बताएका छन्।
राष्ट्रिय सूचना आयोगले राजधानीमा सोमबार आयोजना गरेको स्थानीय तहको निर्वाचनका सन्दर्भमा सूचनाको गलत प्रसारण, व्याख्या र अपव्याख्या विषयक कार्यक्रममा नेता महरले भने, ‘मुलुक लामो समय द्वन्द्वमा फसेर शान्ति प्रक्रियामा आइसकेको अवस्थामा सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन सक्ने वातावरण मिलाउनुपर्छ।’
सहिदको बलिदानबाट प्राप्त शान्ति र संविधानको रक्षा गर्दै मुलुकमा विकास गर्नुपर्ने बेला आएको बताए।
‘हामीले आजको दिन ल्याउन ठूलो संघर्ष गरेका छौँ। धेरैले ज्यानको आहूति दिनुभएको छ। देशमा शान्ति छाएको छ। संविधान आएको छ। देश समयमै निर्वाचन हुने प्रक्रियामा होमिएको छ। अब यी सबै उपलब्धिलाई संस्थागत गर्दै देश विकासमा लाग्नुपर्छ’, उनले भने। उनले अरु विषयमा नेताहरू र राजनीतिक दलहरूका बीचमा फरक मत भए पनि विकासको सवालमा भने एकमत हुनुपर्ने बताए।
‘सभामुखज्यू यहीँ हुनुहुन्छ। म उहाँमार्फत सरकारलाई सबै राजनीतिक दललाई चुनावमा सहभागी हुने वातावरण मिलाउन आग्रह गर्न चाहन्छु’, नेता महरले भने, ‘मुलुक लामो द्वन्द्वपछि शान्तिप्रक्रियामा आएको छ। अब पनि मुलुकमा द्वन्द्वको अवस्था सिर्जना हुनुहुँदैन। तीनै तहको निर्वाचन सौहार्द वातावरणमा सम्पन्न होस्।’
नेता महरले सबैलाई सत्यतथ्य सूचना मात्रै सम्प्रेषण गर्न आग्रह गरेका छन्। भ्रमपूर्ण सूचनाले निर्वाचनलाई नै प्रभावित पार्ने भएकाले सत्यतथ्य सूचना मात्र सम्प्रेषण गर्न उनले आग्रह गरेका हुन्।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नैनसिंह महर, #विप्लव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्