तनहुँको भिमादमा एमाले उम्मेदवार छान्न मतदान, कसलाई गरियो सिफारिस ?
तनहुँ । भिमाद नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छान्न नेकपा एमालेले मतदान नै गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भिमादको मेयर र उपमेयर हुनलाई आकांक्षी धेरै भएपछि सोमबार मतदान गरिएको थियो ।
उक्त मतदानमा नगर कमिटी सदस्य ८४ जना सहभागी भएको बताइएको छ । मतदानबाट मेयरमा दधिराज सुवेदी र इमानबहादुर थापाको नाम सिफारिस गरिएको छ । सुवेदीले ५८ र थापाले ५७ मत प्राप्त गरेका छन् ।
फेरि मेयरमा दोहोरिने आकांक्षा राखेका मेखबहादुर थापाले ३६ मत मात्रै पाएर आकांक्षीको सूचिबाट बाहिरिएका छन् । मेयरका आकांक्षी भवानीशंकर लम्सालले पनि १० मत प्राप्त गर्दा सिफारिस हुने मौकासमेत पाएनन् ।
उपमेयरमा शारदा खनाल, चन्द्रावती श्रेष्ठ र नारायणी गैह्रे लामिछाने सिफारिस भएका छन् । पाँच जना उपमेयरमा आकांक्षी थिए । खनालले ७४, श्रेष्ठले ४८ र गैह्रेले ४७ मत पाएका छन् । उपमेयरमा इच्छा व्यक्त गरेका दिना गोतामे ३१ र पवित्रा थापा मगरले ४० मत मात्रै पाएका छन् ।
आकांक्षीकै सहमतीमा मतदान भएको नेकपा एमाले भिमाद नगर कमिटीका कार्यालय सचिव लालु थापाले बताए । ‘आकांक्षी धेरै हुनुभयो । सिफारिस थोरैको पठाउनुपर्ने । कोही पनि पछाडी हट्न नचाहोपछि मतदान भएको हो’, उनले भने । मतदानबाट कार्यकर्ताले अनुमोदन गरेका मेयर र उपमेयरका आकंक्षीको नामावली जिल्ला कमिटीमा पठाएको उनले जानकारी दिए ।
क्याटेगोरी : राजनीति, स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्