भिमसेनथापा गाँउपालिका अध्यक्षमा एमालेबाट युवा नेता लामिछाने काे दाबी
गोरखा । आशन्न स्थानीय तहको निर्वाचनको मिति वैशाख ३० गतेको लागि घोषणा भएसंगै गोरखाको भिमसेन थापा गाँउपालिकामा चुनावी रौनक तातेको छ ।
भिमसेनथापा गाँउपालिका अपार सम्भाव्यता बोकेको शिक्षित तथा राजनैतिक चेतनाको दृष्टिकोणले समेत सदैव चर्चामा रहने पालिकामा, आशन्न स्थानीय निकायको चुनावमा पालिका अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यहरु बन्ने होडबाजीमा विभिन्न राजनैतिक दलका दर्जनौं नेताहरु टिकटको लागि दौडधुप गरिरहेका छन् ।
यसै बिच भिमसेन थापा गाँउपालिका अध्यक्षमा नेकपा एमाले बाट शैलेस लामिछानेकाे दाबेदारी रहेको छ ।
लामो समयदेखि नेकपा एमालेकाे राजनितिमा सक्रिय हुदै आईरहेका लामिछाने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन काे केन्द्रीय सदस्यमा पनि हुन् ।
लामिछाने निकै लामाे समय देखि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गोरखाको पूर्ब अध्यक्ष भइ मजदुरको भलाईका लागि काम गर्दै आएका छन् ।
पार्टीले विश्वास गरेमा आउदाे दिनमा पालिकाकाे नागरिककाे हक हितमा सदैब लागिरहने बताए। साथै भेलीकाे दिनमा गाँउपालिकाकाे बिकास र समृद्ध को निम्ति जन आवज लाई ध्यान मा राखेर आफुले काम गर्ने उनले बताए ।
उनी नेकपा एमाले गोरखाको पुर्ब जिल्ला कमिटी सदस्य पनि हुन्।
गाउँपालिकामा टिकट पाएकाे खण्डमा आफ्नै पार्टी को अन्य उम्मेदवार भन्दा आफ्नो मत धेरै रहेको र चुनाब सहजै जित्ने लामिछाने को तर्क छ ।
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
ट्याग : #शैलेश लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्